नेभिगेशन
समाचार

एमाले बागमती अधिवेशन : ११३१ भोट खस्यो, नतिजा आजै आउने

काठमाडौं - नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १ सय ३१ मत खसेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा ११ सय ३१ मत खसेको हो । दिउस १ः३० बाट सुरुभएको मतदान राती ८ बजे सम्पन्न भएको हो ।

अब मतदानको सबै प्रक्रिया पूरा गरि राति १० बजेसम्ममा मतपरिणा आउने एमाले काठमाडौ अध्यक्ष दिपक निरौलाले बताए । ११७२ मतदाता रहेको निर्वाचन प्रक्रियामा ४१ जना अनुपस्थित रहे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार