नेभिगेशन
समाचार

नेकपा फुटाउने प्रचण्ड र माधव हुन् : ओली

विराटनगर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भएर पनि केही नगरेको बताएका छन् । शुक्रबार विराटगनरमा सुरु भएको एमाले कोशी प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले उनीहरु प्रधानमन्त्रीमात्रै भएको तर जनताका लागि केही काम नगरेको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘उहाँहरुले महिलाका लागि केही गर्नु भो ? शिक्षामा केही गर्नु भो ? उहाँहरुले केही गर्नु भएन ।’ एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको उनको दावी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमात्रै जेष्ठ नागरिक, महिला, किशोरीको समस्या बुझ्ने पार्टी भएको बताउँदै अशक्त अपंगता भएकाहरुलाई सम्झने पनि एमाले मात्रै भएको दावी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफुले गरेको कामले विरोधीहरु आत्तिएको बताए ।

देशको समस्या समाधान गर्न नसकेर होइन, एमाले सँगमात्रै समस्या समाधान गर्ने तागत देखेर विरोधीहरु आत्तिएको दाबी गर्दै उनले भने, ‘विरोधीहरुसँग मिलेर कम्युनिष्टको खोल ओडेर बसेकाहरुले छुरा घोप्छन् ।’ उनले आफूले कम्युनिष्ट एकता जोगाउन लागेको भएपनि प्रचण्ड र माधब नेपालले नेकपा पार्टी फुटाएको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘अहिले तिनीहरु नै कम्युनिष्ट एकता भनेर हिँड्दै छन् । अब उनीहरुलाई कसैले पत्याउँछ ? दुनियाँमा हल्ला छ अदालतले पार्टी फुटायो भन्ने पार्टी अदालतले होइन प्रचण्ड र माधव नेपालले फुटाएको हो ।’ माधव नेपालको पार्टी फुटोवादी पार्टी भएको भन्दै उनीहरुको भ्रममा नपर्न समेत ओलीले आग्रह गरे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार