पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको हिरासत समय लम्बाइयो

मंगलबार, असोज ९, २०८०

इस्लामावाद– पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ । 

एक कुटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात पूर्व प्रधानमन्त्री  खानले लुकाएको भन्दै उनीविद्ध मुद्दा दर्ता भएको छ ।

विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ ।” 

पीटीआईका अनुसार यसमा खानलाई पदच्युत गर्ने अमेरिकी धम्की थियो । तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ले जनाएको छ ।

इमरानको विशेष अदालती कारबाही ‘सुरक्षाको कारण देखाउँदै’ अट्टक जेलमा भइरहेको कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्