नेभिगेशन
समाचार

शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघको मशाल जुलुस प्रदर्शन

काठमाडौँ– नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)ले काठमाडौँमा मशाल जुलुस प्रदर्शन गरेको छ । 

‘ॐ’ अक्षर हटाउन खोजिएको भन्दै मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अघि नेविसंघ आवद्ध बिद्यार्थीहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मशाल खोसेको थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले उनीहरुले धर्म परिवर्तन बन्द गर, धर्म मास्न पाइदैन, ‘ॐ’ अक्षर हटाउन पाइदैन, डलरवादी होसीयार, हिन्दु राष्ट्र कायम गर लगाएतका नारा लगाएका थिए । 

masal julush1695736583.JPG

masal31695736583.JPG

masal 11695736582.JPG

masal21695736582.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार