वडाध्यक्षले डाक्टर कुटेपछि लफडा, प्रहरीमा परेको उजुरी यस्तो छ

सोमबार, असोज ८, २०८०

लमजुङलमजुङ अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीमाथि हातपात भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन्।

आइतबार राती साढे ११ बजेको समयमा अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा खटिएका डाक्टर सन्दीप अधिकारीमाथि बेसीशहर नगरपालिका७ का वडाअध्यक्ष ऋषि बस्नेतले हातपात गरेको अस्पतालले जनाएको छ ।

आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतलाई बिरामी भर्नाका लागि मञ्जुरी नामा गर्न सुझाव दिँदा, उनले मञ्जुरीनामा गर्न इन्कार गरेका थिए।

सोही क्रममा यसै विषयमा विवाद हुुँदा ड्युटीमा खटिएका डाक्टरमाथि वडाअध्यक्ष बस्नेतद्वारा हातपात भएको लमजुङ अस्पतालका मेसु (मेडिकल सुपरिटेडेन्ट) डाक्टर विशाल तिवारीले बताए । मेसु तिवारीका अनुसार अस्पतालमा बिरामी भर्ना गर्दा आफन्त वा बिरामीले मञ्जुरी नामा गर्नुपर्ने प्रावधान छ।

डाक्टरमाथि हातपात भएको भन्दै बस्नेत विरुद्ध डाक्टरसहितको ड्युटीमा रहेको टिमले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ।

यसै विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षवीच छलफल भए पनि पीडितले कानुनी उपचारमा जाने भन्दै छलफल बिना निष्कर्ष टुंगिएको छ।

बिरामी भर्नाका लागि मञ्जुरी नामा गर्ने विषयमा विवाद हुँदा डाक्टरमाथि हातपात भएको विषय आफुहरुमाझ आएको र कानुन बमोजिम आवश्यक प्रकृया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

wada1695636716.jpg

wada11695636739.jpgwada31695636739.jpg

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्