नेपाल र चीनबीच १३ बुँदे सम्झौतामा हस्ताक्षर

सोमबार, असोज ८, २०८०

काठमाडौ - नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ।

बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

कृषि, पूर्वाधार, विद्युतलगायतका १३ वटा परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ।  दाहाल र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता अघि चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। यस्तै आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो।

सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी छ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्