Nic Ad Nic Ad
Nic Ad Nic Ad

तस्करी काण्डहरु चलाएर देशको बिकास हुन सक्दैन : अध्यक्ष ओली

शनिबार, असोज ६, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न काण्डहरु चलाएर देशको बिकास हुन नसक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा दिपेन्द्र राज गिरी स्पाइनल नत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले बिभिन्न तस्करी काण्डहरु चलाएको भन्दै त्यसले देश बिकास हुन नसक्ने बताएका हुन् ।

उनले देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्नसक्नुपर्ने जिकिर गरे । अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे । देशका लागि काम गर्दा आफु नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुुलुक अहिलेको अवस्थामा आएको भन्दै आफुहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दावी गरे ।

उनले मुलुकको अवस्था नाजुक रहेकाले सवै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरु नै अग्रसर हुनुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्