नेभिगेशन
समाचार

शरणार्थी प्रकरण : खाँणलाई थुनामा पठाउने न्यायाधीश न्यौपानेको रुकुमकोट सरुवा

काठमाडौं- शरणार्थी प्रकरणका आरोपितहरूलाई थुनामा पठाउनुपर्ने आदेश गर्ने जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा भएको छ। गत मंगलबारको न्यायपरिषद् बैठकले न्यौपानेलाई काठमाडौंबाट रुकुमकोट जिल्ला अदालतमा सरुवा गरेको हो ।

जिल्ला अदालत काठमाडौं नक्कली शरणार्थी प्रकरणका आरोपितहरूविरुद्ध मुद्दा दायर भएपछि गोला हाल्दा न्यायाधीश न्यौपानेको इजलासमा त्यो मुद्दा परेको थियो ।

बयान गराउनदेखि करिब एक महिना लामो सुनुवाइपछि थुनछेक आदेश टुंग्याएका न्यायाधीश न्यौपानेको रुकुमकोट जिल्ला अदालत (रुकुम पूर्व) मा सरुवा भएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतलाई न्यायाधीश न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनको इजलासले दुई जनालाई मात्रै धरौटीमा छाड्ने आदेश गरेको हो ।

‘हामी पाँच पदाधिकारीहरुमध्ये कानूनमन्त्री धनराज गुरुङको प्रस्तावमा उहाँको सरुवा भएको हो,’ न्यायपरिषद्का एक सदस्यले भने।

न्यायपरिषद्मा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ अध्यक्ष छन् । कानूनमन्त्री धनराज गुरुङसहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, बारको प्रतिनिधित्व गर्ने रामप्रसाद श्रेष्ठ र प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने रामप्रसाद भण्डारी सदस्य छन् । स्रोतले भन्यो, ‘काठमाडौंका न्यायाधीश सरुवामा कानूनमन्त्रीकै ज्यादा जोडबल थियो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार