Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्व बैंकले नेपाललाई साढे दुई अर्ब अनुदान दिने

शनिबार, असोज ६, २०८०

काठमाडौं - विश्व बैंकले नेपालाई साढे दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ । नेपालको कृषि र पोषण क्षेत्रका लागि विश्व बैंकले दुई करोड अमेरिकी डलर (दुई अर्ब ६५ करोड रुपैयाँ) अनुदान सहयोग दिने भएको हो । 

विश्व बैंकले दिएको उक्त अनुदान सहयोग खाद्य तथा पोषण सुरक्षा वृद्धि परियोजनाका लागि खर्च गरिनेछ । परियोजनाले १६ गाउँपालिकाका ५५ हजार किसान लाभान्वित हुनेछन् । 

कृषिको उत्पादकत्व र पोषण अभ्यास सुधारका लागि यो परियोजनाले सहयोग गर्नेछ । खाद्य र पोषण सुरक्षाले नेपालको गरिबी घटाउने राष्ट्रिय लक्ष्यमा समेत सहयोग गर्नेछ विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंका देशीय प्रमुख फारिस हजाड जर्भोसले बताए । यसबाट दिगो विकासअन्तर्गत जिरो हंगरको लक्ष्य कार्यान्वयनमा समेत सहयोग पुग्ने उनले बताए ।

स्रोत : नयाँ पत्रिका 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्