एसियाली महिला फुटबल : नेपाल भियतनामसँग पराजित

शनिबार, असोज ६, २०८०

काठमाडौं - उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ ।

चीनको हाङझाउमा शुक्रबार भएको उक्त प्रतियोगिताअन्तर्गत समूह ‘डि’को पहिलो खेलमा भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो ।

भियतनामको जितमा फाम हाइ एन र न्यूगेन थि बीच थुइले समान एक÷एक गोल गरे । खेलको ५३ औँ मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको ६४ औँ मिनेटमा थि बीच थुइले एक गोल थप्दै आफनो टोलीको जित सुनिश्चित गरिन् । नेपालले अब आफनो दोस्रो खेल जापानसँग यही असोज ८ गते खेल्नेछ ।

 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्