नेभिगेशन
खेलकुद

साफ यू-१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग १-० ले पराजित

काठमाडौं -  साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको छ ।

दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो । अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो।

पहिलो पटक यू-१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुवात गरेको छ। नेपालले यसअघि यू-१९ मा कुनै खेल खेलेको थिएन।

दुई पटकको च्याम्पियन नेपालले घरेलु मैदानमा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको हो।

खेलको नवौ मिनेटमा मुहम्मद अदिल योउनासको फ्रिकीक पोष्टको माथिबाट बाहिरियो। ११ औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेन।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद