शेखर समूहले बोलाएको बैठकमा विश्व-प्रदीप नजाने
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समुहको बैठक आज बस्दैछ । नेता कोइरालाले आज दिउँसो १ः३० बजे बस्ने गरि आफ्नो समूहको बैठक डाकेका थिए ।
उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् । नेता कोइरालाले आफु पक्षको बैठकमा शर्मा र पौडेललाई पनि बोलाएका थिए ।
महामन्त्री शर्मा निकट एक नेताका अनुसार नेता कोइरालाको कार्यशैलीप्रति शर्माका केही गुनासा भएकाले बैठकमा उपस्थित नहुने भएका हुन् । अर्का नेता प्रदीप पौडेल चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १२:२१
प्रतिक्रिया दिनुहोस्