Nic Ad Nic Ad
Nic Ad Nic Ad

इरानमा बन्दी बनाइएका ५ अमेरिकी दोहा प्रस्थान

सोमबार, असोज १, २०८०

दोहा– इरान र अमेरिकाबीच भएको बन्दी आदानप्रदान सम्झौता अन्तर्गत इरानमा बन्दी बनाइएका पाँच जना अमेरिकी नागरिक उनीहरूका दुई जना आफन्तसहित तेहरानबाट दोहाका निम्ति प्रस्थान गरेका छन् । कतारी विमानबाट उनीहरू दोहा आउन लागेका हुन् ।   

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिकामा पक्राउ परेका पाँच जना इरानी नागरिकलाई थुनामुक्त गर्नेसम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्नुभएको छ । अब उनीहरू पनि हिरासतमुक्त भएका छन् । 

तेहरान र वासिङ्टनबीच भएको बन्दी आदानप्रदानको सम्झौताको पूर्वशर्त नै रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने तेहारानको माग थियो ।  अमेरिकाको अनुरोधमा दक्षिण कोरियाले रोक्का गरेको इरानी छ अर्ब अमेरिकी डलर निकासा दिएपछि उनीहरू हिरासतमुक्त भएका हुन् । 

कतारको मध्यस्थतामा रकम निकासा भएको हो । 

इरानले अब विश्वका अन्य देशमा रोक्का गरिएको आफ्नो वैधानिक सम्पत्ति फुकुवा हुने विश्वास व्यक्त गरेको छ । इरानी सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले मुक्त गरेका दुई जना इरानी कतारको राजधानी दोहा आइसकेका छन्भने बाँकी तीन जना अमेरिकामा नै बस्ने वा तेस्रो देशमा जानेछन् । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्