Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिर्जनशिलतामा नयाँ आयाम थप्दै ‘टेक ट्रिक्स–२०२३’ सम्पन्न

सोमबार, असोज १, २०८०

काठमाडौँ– वर्तमान् प्रविधिको युगमा केवल शैद्धान्तीक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ ।

काठमाडौं शान्तीनगर स्थित न्यू समिट कलेज, शान्तिनगर, काठमाडौँ र टेक ट्रिक्स नेपालद्घारा आयोजित 'टेक ट्रिक्स–२०२३' आगामी वर्ष चौँथो संस्करण आयोजना गर्ने प्रतिवद्वताका साथ समापन भएको छ ।

समापन समारोह कलेजका प्रिन्सिपल चोकराज दवाडीद्घारा सभापतित्व गरिएको थियो भने स्वागत मन्तव्य कलेजका संचालक समिति अध्यक्ष अजय प्रसाद ढकालले राखेका थिए । समापन समारोहमा त्रि.वि.आइओएसटीका डिन प्रा.डा. विनिल अर्याल प्रमूख आतिथिका रुपमा आमन्त्रित थिए ।

‘आइटी शिक्षामा विद्यार्थीहरुलाई आपूmसँग भएको अन्तरनीहित क्षमता प्रस्फुटन गर्न चाहिने एथेष्ट अवसर यस कार्यक्रमले दिएको र आगामी विश्व आइटी शिक्षा र आइटी विज्ञले गर्नेमा दुई मत नभएको कुरा तपाईहरुमा राख्न चाहन्छु,’ प्रा.डा.अर्यालले भने ।

विभिन्न विधामा संचालित प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमूख अतिथि प्रा।डा। अर्यालले एक लाख ८५ हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरुलाई वितरण गरेका थिए । जसअन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितिय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो ।

क्ल्यास रोयल संजय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जीका विजेता भने केएफए कलेजका सुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरिको टिम हाइप उपविजेता बन्दा टप फ्रागरको उपाधि विषेष खड्काले पाएका थिए ।

फिफा २०२३ विजेता जगदिज पाण्डे भएका थिए भने उपविजेताको उपाधि समिर गुरुङ्गले पाए । तीन दिवशीय प्रयोगिताको मुख्यआकर्षण ह्याकथोन सेन्ट जेभिएर्स कलेजले जितेको थियो भने उपविजेताको उपाधि सगरमाथा कलेज र तेस्रो स्थान न्यू समित कलेजलाई गएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णयिकको भुमिकामा रहेका विभिन्न विषय विज्ञ विश्वकाजि श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला, ई।आर। प्रविन चौहान निर्णयको आधारमा विजेता घोषणा गरिएको थियो ।

कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगोलगायत सम्पूर्ण प्रायोजक तथा प्रत्यक्ष परोक्ष रुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्नै सबैलाई धन्यवाद दिँदै कलेजका प्रिन्सिपल दवाडीले समापन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्