‘तीजको बेलामा सबै जान्छन् मेलामा’ [तस्बिरहरु]

सोमबार, असोज १, २०८०

आज हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।

हिन्दु नारीहरूले भगवान शिवको पूजा आराधना गरी आफ्नो पतिको दीर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन् । 

Teej 2080_pashupatinath_rssphoto111695039111.jpg

पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ। 

Teej 2080_pashupatinath_rssphoto71695039111.jpg

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ। अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ। 

Teej 2080_pashupatinath_rssphoto51695039110.jpg

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।

Teej 2080_pashupatinath_rssphoto81695039111.jpg

Teej 2080_pashupatinath_rssphoto31695039110.jpg

Teej 2080_pashupatinath_rssphoto121695039111.jpg

Teej 2080_pashupatinath_rssphoto41695039110.jpg

Teej 2080_pashupatinath_rssphoto11695039109.jpg

Teej 2080_pashupatinath_rssphoto61695039110.jpg

Teej_2080_pashupatinath temple nepal_rssphoto1695038379.jpg

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्