प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

सोमबार, असोज १, २०८०

न्यूयोर्क - अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री हिजो राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आइपुगेका थिए ।

अमेरिका आइपुगेलगत्तै उनको राष्ट्रसंघका महासचिवसँग भेटवार्ता भएको प्रधानमन्त्रीसँगै न्यूयोर्क रहेका प्रधानमन्त्रीका फोटोपत्रकार प्रदीपराज वन्तले जानकारी दिए ।

एन्टिनियोसँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी ब्यक्त गरेका छन् । महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, जलबायु परिवर्तन, एसडिजी, एलडिसी र विकास वित्तपोषण लगायतका विभिन्न विषयमा केन्द्रीत रहेर वार्तामा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै वार्तामा नेपालमा संयुक्त राष्ट्रसंघको संग्लन्न्ता र साक्षेदारीलाई अझ सुढृढ गर्नेबारे पनि कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।


प्रधानमन्त्री प्रचण्डले असोज ४ मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको अघिल्लो दिन अमेरिकी राष्ट्रपति जोन वाइडेनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् । असोज ५ मा प्रधानमन्त्री त्यत्तैबाट नेपालको उत्तरी छिमेकी मुलुक चीन जाने कार्यक्रम छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्