सुन तस्करी प्रकरण

सुन तस्करी सरकारकै संरक्षणमा छ : अध्यक्ष ओली

आइतबार, भदौ ३१, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका छन् ।

आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन बिभागले आयोजना गरेको कार्यक्रममा ओलीले भन्सारबाट पटक–पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानी–जानी राजस्वबाट भगाएको तर्क गरे । ओलीले सुन तस्करीलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा केहि पनि फेला पर्न नसकेको समेत बताए । अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको आरोप लगाए । 

ओलीले मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृतिम मूल्यबृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे ।

भिडिओ हेर्नुहोस्

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्