सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको काम अघि बढेकाे छ : प्रधानमन्त्री

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको कार्य अघि बढेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सकेको र अब उच्चस्तरीय समिति गठन हुने बताए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अध्ययन गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएकाले अब एमालेसहितका दलहरुसँग आफूले गरेको सहमति अनुसार समिति गठन गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे।

‘सुन तस्करीमा अनुसन्नधान सकिएको छ। सीआईबीले आफ्नो प्रतिवेदन वुझाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सहमतिअनुसार अब उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढ्ने छ।’

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्