हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुला हुने

बुधबार, भदौ २७, २०८०

काठमाडौँ– नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले एसएक्स भेरियन्टको हुन्डाई एक्सटर–एसयूभि चाँडै नै अरु भेरियन्ट सहित बिक्री वितरण सुरु गर्ने जनाएको छ । 

भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो शो–२०२३’ मा अर्थमन्त्री  प्रकाश शरण महतले हुन्डाई एक्सटर–एसयूभि ५ सिटर कम्प्याक्ट एसयूभी  अनावरण गरेका थिए ।  सोहि मोडेलमा एसयूभिपहिलो लाइनअपमा रहको कम्पनीले जनाएको छ । इ, एस,एसएक्स र एसएक्स–ओ  गरी चार भेरियन्टमा  हुन्डाई एक्सटर ल्याउने कम्पनीले जनाएको छ ।

हुन्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहने  कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हुन्डाई एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ । 

बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा आकर्षक डिआरएलएस सुविधा दिइएको छ । ६ कलर अप्सनमा उपलब्ध हुने एक्सटरमा १ सय ८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्