विशालसिंहले बनाए राष्ट्रिय कीर्तिमान

बुधबार, भदौ २७, २०८०

काठमाडौँ– नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ९६ केजी तौल समूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले जानकरी दिए । 

विशालले स्न्याचमा एक सय २६ केजी, क्लिन एन्ड जर्कमा एक सय ६५ र कूलमा दुई सय ९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यसअघि स्न्याचमा एक सय २५, क्लिन एन्ड जर्कमा एक सय ६१ र कूलमा दुई सय ८३ केजीको कीर्तिमान विशालकै नाममा थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्