नेभिगेशन
सुरक्षा–अपराध

तस्कर मुख्य नाइकेको पिछा गर्दै सीआईबीः ६० बाट थालेको अनुसन्धानले ३६२ किलो भेट्यो (विवरण)

काठमाडौंप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै गरिने सुन तस्करीको जरोसम्म पुग्ने संयन्त्र तयार पारेको छ। भारतीय मुख्य नाइकेसम्म पुग्नेगरीको अनुसन्धानको काममा सक्रिय भएको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले बताएकी छन्।

kiran 31694600151.jpgराजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार कटाएर सिनामंगलमा पुगेको सुन जफत गरेपछि सीआईबीले छानबिनका लागि पाएको जिम्मेवारीअनुसार व्यापक फराकिलो मात्रामा तस्करीको सुनको विवरण प्राप्त गरेको थियो। उक्त विवरणसहित हालसम्म भएका अनुसन्धान प्रगतिको बारेमा बुधबार एक पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो।

यहि प्रकरणको अनुसन्धानका लागि भारत र हङकङसम्म सीआईबीले विभिन्न टोली खटाएको थियो। एआईजी बज्राचार्यले भनिन्,‘हामी अझ गहरोगरी अनुसन्धानमा लागिरहेका छौं, यो सकिएको छैन जारी छ। अनुसन्धान यतिमा टुंगिँदैन।

kiran 11694600174.jpg

तस्करीको मुख्य नाइके भारतीय रहेको पत्ता लागे पनि त्यहाँसम्म अहिले सीआईबी पुगिसकेको छैन। तर, पुग्ने प्रयत्नमा उसले अनुसन्धान जारी राखेको छ। उच्च स्रोतका अनुसार भारतीय प्रहरीसहित त्यहाँको सीबीआईसँग पनि समन्वयको प्रयास भइरहेको छ।

तर सीआईबीले अहिलेसम्म सुन तस्करी प्रकरणमा नेपालीसहित गरी ३२ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

रेडिट्रेड प्रालिबाट आयात गरिएको ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएको ब्रेकप्याडहरूको तौलबाट यकिन गरिएको ३०२.०६२ गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ बराबर मुल्यको सुन अवैध पैठारी भएको सीआईबीले पत्तो लगाएको हो।

अवैध ससुन पठारी गर्न खडा गरिएका ५ वटा कम्पनीहरूमार्फत ल्याइएको सुनको लागि थप अनुसन्धान जारी राखिएको सीआईबीले जनाएको छ। यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरुले झुठा विवरण पेश गरी नेपाली नारिकता तथा राहदानी समेत लिएको पुष्टि भएको सीआईबी प्रमुख बज्राचार्यले बताइन्।

kiran 21694600219.jpg

सुनको अवैध पैठारीमा संलग्न नेपाली तथा विदेशी नागरिकहरुले अन्तरदेशीय आपराधिक संगठित सञ्जाल खडा गरी क्रिप्टो करेन्सी, डिजिटल वालेटहरु अलीपे, एन्टपे, ग्लोबपे, विनपेबाट सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबार समेत गरेको पत्तो लगाएको सीआईबीले नेपाल राष्ट्र बैंकको सहयोगमा अनुसन्धान जारी राखेको छ।

सुन तस्करीका लागि लेखनाथ कार्की डोली सञ्चालक रहेको बाँसबारीको छुङगक इलेक्ट्रिक सप्लायर्स, रामकुमार भुजेलको चाबहिलस्थित भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, सामाखुसीस्थित कुमारबहादुर भुजेलको ह्वाडा इलेक्ट्रिक सप्लायर्स, बाँसबारीकै रामबहादुर भुजेलको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, लाजिम्पाट हात्तिगौंढडास्तित विकुन्द्र भुजेलको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलिप भुजेलको बालुवाटारस्थित रेडी ट्रेड प्रालि, बुढानिलकण्ठस्थित सरिता तामाङको सरिता सप्लायर्स सुन तस्करीमा संलग्न कम्पनी हुन्।

टोखा नगरपालिका२ र काठमाडौं२ मा सुन गाल्ने स्थान पत्ता लगाएको सीआईबीले १० वटा मेसिनबाट सुन गालिने गरेको पनि उल्लेख गरेको छ।

यो काममा विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, ३ कार्गो एजेन्ट, एक ट्याक्सी चालक, १ भाषा अनुवादक र कोठा खोज्ने व्यक्ति, २ जना कम्पनी खडा गरी मालबस्तु व्यवस्थापन गर्ने, ११ जना सुनको कारोबारमा संलग्नलाई पक्राउ गरी मुद्दा चलाइएको छ।

सीआईबीले भन्सार ऐन २०६४को दफा ५७(१) घ र १ ख, संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा ९५, मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुर, नेपाल नागरिकता ऐन २०६३, अध्यागमन ऐन २०४९ अनुसार कारबाही गर्नका लागि माग गरेको प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन्।

kiran1694600234.jpg

तस्करीको मुख्य नाइकेसम्म नपुगेसम्म हङकङबाट नेपाल हुँदै भारतसम्म हुने सुन तस्करीका पूर्ण जानकारीमा पुग्न सकिँदैन सीआईबी प्रमुख बज्राचार्यले भनिन्,‘६० किलो सुन तस्करीको छानबिनबाट यो समूहले ३६२ किलोसम्म तस्करी गरेको खुलीसकेको छ।

यो प्रकरणमा अहिलेसम्म दुबईबाट हुने सुन तस्करीको कनेक्शन नभेटिएको र बाँकी अनुसन्धान जारी रहेको पनि बज्राचार्यले बताइन्। तस्करी भएका सुन केही मात्रामा नेपालमा खपत हुने गरेको र ठूलो मात्रामा भारत जाने गरेको पनि पत्ता लागेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध