Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

एमालेमा ओलीको समानान्तर शक्तिमा कसको उदय हुन सक्छ?

सोमबार, भदौ २५, २०८०

काठमाडौंनेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएका नेता व्यवस्थापनको हवाला दिँदै सचिवालयले ७० बर्षको उमेरहदको सीमा हटाएपछि अर्को चर्चा पनि सुरु भएको छ।

विभाजनपछि एमालेभित्र नेतृत्वमा एकाधिकार कायम राखेका केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष बन्नका लागि उक्त उमेरहदको सीमा हटाइएको चर्चा पनि भएको छ। तर, नेतृत्वमा उदय हुनका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको महत्वकांक्षा पनि उत्तिकै देखिन्छ भने मैदानमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट त लुम्बिनी प्रदेश अधिवेशनले स्पष्ट पारेकै छ।

तर ओलीको तेहेरिन सक्ने सम्भावनालाई रोक्नका लागि बरिष्ठ उपाध्यक्ष पोखरेललगायतका नेताले समानान्तर शक्तिका रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई तयार पार्न सक्ने संकेतहरू देखा परेका छन्। ओलीको विकल्पमा स्वभाविक रुपमा पोखरेल नेतृत्वमा उदय हुन चहान्छन् तर त्यस्तो सम्भावना नभएमा भण्डारीलाई अगाडि सार्ने चलखेल पनि भएको छ।

त्यसैले पोखरेलले भन्ने गर्दथे,‘म जहाँ उभियो त्यहि संस्थापन हुन्छ। विगतमा पोखरेल जुन समीकरणमा रहेका थिए त्यसैले जित निकालेको तथ्य पनि सतहमा रहेको छ। अर्थात् आठौं महाधिवेशनमा पोखरेल झलनाथ खनालसँग उभिएका थिए, महासचिवमा निर्वाचित भए। यस्तै नवौं महाधिवेशनमा ओलीका साथमा लाग्दा पनि महासचिवको जिम्मेवारीमा नै रहे। अब भने उनी पनि मुख्य नेतृत्वका रुपमा आफूले मौका पाउनुपर्ने भन्ने मनसायमा छन्।

यता भण्डारी पनि एमाले राजनीतिमा सक्रिय हुने अवसर खोजिरहेकी छन्। यसैकारण पनि एमालेका कतिपय नेतासँग उनको प्रायः राजनीतिक भेटघाट र कुराकानी भइरहेको छ। एमाले उच्च स्रोतले भन्यो,‘राष्ट्रपति पदबाट हट्नासाथ राजनीतिमा आउन नै हुन्न भन्ने कहिँ भनिएको छैन। रुसका भ्लादिमर पुटिन राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बन्न हुन्छ भने भण्डारीले राजनीति किन गर्न हुन्न।

प्रस्ट रुपमा नभने पनि भण्डारी एमाले राजनीतिमा पुनः उदाउने लालसामा छिन्। एमालेमा जनताको बहुदलीय जनवादको प्रतिपादन गर्ने मदन भण्डारीको आधिकारिक लिगेसी पनि विद्यादेवी भण्डारीले बोकेको सन्देश जान सक्ने भएकाले पनि राजनीतिमा फर्किनुपर्छ भन्ने धेरै रहेको बताइन्छ।

एउटा कार्यक्रममा ओलीले राष्ट्रपति भइसकेको मानिस राजनीतिमा फर्किने हल्लाको तुक नरहेको टिप्पणी गरे पनि परिस्थिति फरक हुन सक्नेप्रति एमाले नेताहरू नै कन्भिन्स छन्। यसैले भण्डारी समानान्तर शक्तिका रुपमा उदाउन सक्ने प्रक्षेपण स्वभाविक देखिन्छ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्