Nic Ad Nic Ad
Nic Ad Nic Ad

नोभाक जोकोभिचले जिते यूएस टेनिस ओपनको उपाधि

सोमबार, भदौ २५, २०८०

काठमाण्डौं - सर्बियाका नोभाक जोकोभिचले रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् ।

३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् । यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । यो जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् ।

जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्