भिडिओ

चीन भ्रमण जानुअघि प्रधानमन्त्रीलाई सुझाव [भिडिओ]

आइतबार, भदौ २४, २०८०

भिडिओमा– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ । 

चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको विषयमा जनताले थाहा पाउनेगरी कुरा उठाउन सुझाव दिइएको रास्वपा उपसभापति डीपी अर्यालले बताए । यस्तै उत्तरी सीमा नाका खुला गर्ने विषयमा पनि रास्वपाले सुझाव दिएको छ । ‘भारत भ्रमणमा जाँदा जस्तो जम्बो टिम नलैजान पनि सुझाव दिएका छौं’ अर्यालले भने । 

प्रधानमन्त्री आगामी अक्टोबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने तयारी छ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्