Nic Ad Nic Ad
Nic Ad Nic Ad

दलाल पुँजीवादीका लागि राष्ट्रिय पुँजीपतिलाई राज्यले दुःख दियो : अध्यक्ष ओली

आइतबार, भदौ २४, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरुलाई दुःख दिने काम गरेको बताएका छन् ।

आइतबार एमाले मुख्यालय च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले राज्य पुँजीलाई राज्यले संरक्षण गर्नुपर्नेमा अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरुलाई दुःख दिने काम गरेको बताएका हुन् ।

व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको उनले बताए । ओलीले भ्रष्टाचार र अनियमितता विरुद्ध कारवाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तर्क गरे ।  उनले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरुमाथि गठबन्धन सरकार आउदा चट्याङ परेको जस्तो भएको बताए । राज्यको गलत नितिका कारण अर्थव्यवस्था धरासयी हुँदा व्यसायीहरु पनि अप्ठेरोमा परेको भन्दै उनले अप्ठेरोमा परेका बैंकहरुले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

उनले कांग्रेस नीतिगत हिसावले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीति प्रति सरोकार नरहेको जिकिर गरे । दुई चार क्वीन्टल सुन ल्याउन जस्तो फाइदा सहकारीमा नरहेको बिचार माओवादीको रहेको उनको भनाइ छ । 

अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदूपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने धारणा राखेो । सहकारीलाई स्वार्थका आधारमा सञ्चालन गर्न खोज्दा केहि सहकारीमा समस्या देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्