सर्वोच्च अदालतको परमादेश

सबै नेपालीलाई संविधानको पुस्तक निःशुल्क बाँड्नू : सर्वोच्च अदालत

आइतबार, भदौ २४, २०८०

काठमाडौँ- सर्वोच्च अदालतले नेपालको संविधान सबै नेपाली नागरिकलाई निःशुल्क रुपमा वितरण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ता विकास भट्टराईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुँयाल र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार सरकारका नाममा परमामदेश जारी गरेको हो ।

नेपालको संविधान जारी भएपछि २०७२ असोज १५ गते सबै नेपालीलाई नि:शुल्क संविधान वितरण गर्न माग गर्दै प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षी बनाई भट्टराईले रिट दर्ता गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्