सर्वदलीय बैठकमा प्रचण्डको ‘ब्रिफिङ’ : पास होला त टीआरसी विधेयक ?

आइतबार, भदौ २४, २०८०

काठमाडौं राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वप्रधानमन्त्री संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा बसेको छ।

अमेरिकाबाट सिधा चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्रीले सर्बदलीय बैठकमा एजेन्डाको राय माग गरेका छन्। तर, यो बैठकको मुख्य लक्ष्यचाहिँ संक्रमणकालीन न्यायसम्बन्धी विधेयक -टीआरसी विधेयक_ पास गर्नु रहेको बताइन्छ।

अमेरिका जान लागेका बेला नै यो विधेयक पास गरे प्रधानमन्त्री प्रचण्डलाई शान्ति प्रक्रियासहितका काममा नेपालले फड्को मारिरहेको बताउनका लागि सहज हुने ठानिएको छ।

संसदको बैठकमा प्रधानमन्त्रीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालेबेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग -तेस्रो संशोधन) विधेयक २०७९ पेस गरेकी थिइन्।

संक्रमणकालीन न्यायको विषय छिटो टुंग्याउनुपर्छ भन्नेमा दलहरू एकमत छन्, तर सरकारले ल्याएको विधेयकको विषयबस्तुमा दलहरूको मत भिन्तता कायमै छ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्