अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ : नेता डा.कोइराला

शनिबार, भदौ २३, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् ।

शनिबार चितवनमा कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टी बिरुद्ध पनि बिभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका हुन् । 

अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ । उनले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली राख्नुपर्ने जिकिर गरे ।

कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा राखे । 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्