Nic Ad Nic Ad
Nic Ad Nic Ad

एशिया कप : आज श्रीलंका र बंगलादेश भिड्दै

शनिबार, भदौ २३, २०८०

काठमाडौँ - एशिया कपको सुपर चार अन्तर्गत आज श्रीलंका र बंगलादेशबीच खेल हुँदै छ ।

श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा यो खेल नेपाली समय अनुसार ३:१५ बजेदेखि शुरु हुँदै छ ।

श्रीलंका समुह बि को विजेता हुदै सुपर चारमा पुगेको हो भने बंगलादेश उपविजेता हुदै सुपर चारमा पुगेको हो । यस अघि समुह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

सुपर चारको खेलमा बंगलादेशले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरिसकेको छ । फाइनलमा पुग्न अब बंगलादेशले श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाब रहेको छ ।

सुपर चारको पहिलो खेलमा पाकिस्तानले बंगालादेशलाई पराजित गरेर विजयी शुरुवात गरेको छ । पाकिस्तानले भने सुपर चार अन्तर्गत भोलि आइतबार भारतसँग खेल्दै छ । यस प्रतियोगितामा भारत र पाकिस्तान दोस्रो पटक खेल्दै छन् । यस अघि समुह चरणको पहिलो खेलमा भारत र पाकिस्तानको खेल बर्षाले पुरा हुन सकेको थिएन ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्