प्रतिनिधि सभा बैठक

गगनको गर्जनपछि यादव आक्रमण र कान्ति बाल अस्पतालबारे सभामुखको रुलिङ

बिहीबार, भदौ २१, २०८०

काठमाडौंनेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको सांघातिक आक्रमण र कान्ति बाल अस्पतालमा उपचार अभावमा मृत्युवरण गरेकी बालिकाका सम्बन्धमा सदनलाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्।

विहीबार प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले दुवै विषयमा सरकारको जवाफ मागेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन्।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए। सांसदहरुले उपचारको अभावमा बालिकाको मृत्यु भएको समाचार प्रकाशित भएको थियो।

बालिका रेजिशा गोपालीको मृत्यु भएको थियो। अस्पतालले आकस्मिक कक्षमा रहेकी बालिकालाई उपचारका लागि तत्परता देखिएको थिएन।

यी विषयमा महामन्त्री थापाले ध्यानाकर्षण गराउँदै हिंसालाई प्रश्रय दिने प्रकारको काम भएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ मागेका थिए भने आफू स्वास्थ्यमन्त्री हुँदा नै कार्यविधि बने पनि बालिकाको मृत्यु सन्दर्भमा अस्पतालको जवाफ गैर जिम्मेवार भएको टिप्पणी गरेका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्