बेलायत सरकारले गोर्खा सैनिकलाई विभेद गर्‍यो : प्रधानमन्त्री प्रचण्ड

मंगलबार, भदौ १९, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेलायत सरकारले गोर्खा सैनिकलाई विभेद गरेको बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित पूर्वगोर्खा सैनिकको समस्या समाधानको लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरूलाई सरकारले न्यायको प्रत्याभूति दिलाउन नसकेकोमा दुख व्यक्त गरे ।

उनले यो विषय सबै नेपालीहरूको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गरे । उनले गोर्खालीहरूले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले कुटनीतिक माध्यमबाट समाधान खोजिने बताए ।

सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्