राष्ट्रिय भलिबल खेलाडीलाई मासिक ५ हजार पारिश्रमिक 

महिला टिमकी कप्तान अरुणा शाहीले पहिलो पटक पारिश्रमिक पाउदा खुशी लागेको बताइन्
मंगलबार, भदौ १९, २०८०

काठमाडौँ– नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले मासिक ५ हजार रुपैया पारिश्रमिक पाउने भएका छन् ।

नेपाल भलिवल संघले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरि मासिक पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेको हो । 

अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, व्यवसायी र भलिबल खेल प्रेमीको सहयोगमा संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक जनही ५ हजार वितरण गरेको छ ।  

महिला तथा पुरुष राष्ट्रिय टिमका १२–१२ गरी २४ जनाले अब मासिक ५–५ हजार पारिश्रमिक पाउने संघले संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । संघले तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको उनले बताए ।

संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ । पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । महिला टिमकी कप्तान अरुणा शाहीले पहिलो पटक पारिश्रमिक पाउदा खुशी लागेको बताइन् ।

volleybal_team cnnepal11693917793.JPG

त्यस्तै, पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नियमित पारिश्रमिक पाउनेकुराले नेपाली भलिवल क्षेत्र थप बलियो हुने विश्वास व्यक्त गरे । 

योसगै खेलाडीलाई तलब दिने भलिबल संघ चौथो संस्था भएको छ । यसअघि क्रिकेट, फुटबल र बुद्धिचालका खेलाडिले मासिक पारिश्रमिक बुझ्दै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्