बालेनको चेतावनी

चोर सरकार ! महानगरको गाडी रोकिए सिंहदरवारमा आगो लगाइदिन्छु : मेयर बालेन शाह

शनिबार, भदौ १६, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आइतबारदेखि महानगरको कुनैपनि गाडी रोकिए सिंहदरवारमा आगो लगाइदिने चेतावनी दिएका छन् । 

शनिबार साँझ महानगरका मेयर शाहले सरकारलाई चोरको संज्ञा दिँदै सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आजको लागि केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनैपनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।'
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्