राजनीति

प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसक्यो : अध्यक्ष ओली

शनिबार, भदौ १६, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताएका छन् ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताएका हुन् । उनले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गरे ।

ओलीले देश बनाउने परिस्थीति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको बताउनुभयो । प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताए ।

अध्यक्ष ओलीले यति , वाइडबडी लगाएतमा छानविन गरे सत्तामा रहेकाहरु नै जेल पर्ने दावी गरे । उनले ८४ को निर्वाचनमा अरु सबै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गरे ।

त्यस्तै, उनले विरोधीहरुलाई देखाउनका लागि पनि एकतावद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्