जनतासँग माओवादीः

मुलुकलाई सुशासनतर्फ अघि बढाउदा प्रतिक्रियावादीहरु अतालिए : प्रधानमन्त्री प्रचण्ड

शनिबार, भदौ १६, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सुशासनतर्फ अघि बढाउदा प्रतिक्रियावादीहरु अतालिएको बताएका छन् ।

शनिबार ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’ अन्तर्गत चन्द्रगिरि नगरपालिका– २ मा आयोजित कार्यक्रमलाई स्म्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारदेखि सुन तस्करीसम्मको जालो भत्काउने काम आफुले गरेकाले प्रतिक्रियाबादीहरु अतालिएको बताएका हुन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले आफु नेतृत्वको सरकारले गरेका राम्रा कामका कारण आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने डरले प्रतिक्रियाबादीले अनेक षडयन्त्र समेत गर्न खोजेको धारणा राखे ।  

उनले देशलाई शुद्धिकरण गर्ने अभियान कुनै हालतमा नरोकिने स्पष्ट पारे । उनले आफु नेतृत्वको सरकारको ८ महिना पुगेको र ५ बर्ष नै सरकारबाट हट्न नपर्ने अवस्था आफुले देखेको जिकिर गरे । 

जनताको साथ समर्थन कायम रहे गठबन्धन पाँचै बर्ष कायम रहने र शुद्धिकरणको अभियान पनि दृढताका साथ अघि बढ्ने उनले बताए । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्