Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने

शुक्रबार, भदौ १५, २०८०

काठमाडौँ - कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो ।

न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश भाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला सभाको अध्यक्षता गरिरहेका इस्रायल मन्सीले पनि थापालाई विश्वासको मत दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्