तस्बिहरु

ब्लू सुपरमून : एक दुर्लभ खगोलीय घटना, अभूतपूर्व दृश्यहरु

बिहीबार, भदौ १४, २०८०

सन् २००९ यता पहिलोपटक देखिएको दुर्लभ खगोलीय घटना ‘ब्लू सुपरमून’ मा देखिएको चन्द्रमाको अभूतपूर्व दृश्य खगोलविद्,आकाशीय पिण्डहरूको गतिविधिमा रूचि राख्नेहरू लगायत विश्वभरिका मानिसहरूले हेरेका छन्।

एक वर्षभरिको समयमा सामान्यतया १२ वटा पूर्ण चन्द्र देखिनेको प्रकृयाभन्दा थप जब १३ वटा पूर्ण चन्द्र देखिन्छ त्यस्तो चन्द्रमालाई ‘ब्लू मून’ भनिन्छ।

super moon_AP1693488652.jpg
शिकागोमा एउटा विमान नीलो सुपरमुनको अगाडिबाट गुज्रिरहेको छ । यसलाई सुपरमुन भनिन्छ किनभने यो सामान्य भन्दा पृथ्वीको नजिक छ, विशेष गरी ठूलो र उज्यालो देखिन्छ।  फोटो : एपी/किचिरो सातो 

त्यस्तो ‘ब्लू मून’ प्रकृयाको चन्द्रमा सामान्यभन्दा धेरै चम्किलो देखियो भने त्यसलाई ‘सुपर ब्लू मून’ भनिन्छ।

पृथ्वीको वरपर घुम्ने त्यो उपग्रह आफ्नो परिक्रमा कक्षमा पृथ्वीसँगको सबैभन्दा नजिक विन्दूमा रहेका बेला अरूबेला भन्दा बढी चहकिलो र ठूलो देखिने गर्छ।

super moon21693488652.jpg
सान फ्रान्सिस्कोमा फोर्ट प्वाइन्ट र गोल्डेन गेट ब्रिजको पछाडि सूर्यास्त हुँदा मानिसहरू क्रिसी फिल्डको नजिक वाटरफ्रन्टमा हिंडेका छन्।  फोटो : एपी/एरिक रिसबर्ग

अङ्ग्रेजी भाषामा ब्लू मूनभन्दा नीलो रङ्गको चन्द्रमा भन्ने अर्थ लाग्छ तर ब्लू मून भनिने खगोलीय प्रकृयाको निलो रङ्गसँग कुनै सम्बन्ध छैन। सुपर ब्लू मूनमा चन्द्रमा निलो रङ्गको देखिँदैन।

सामान्य बेलामा भन्दा भिन्न देखिने र त्यो प्रकृया दुर्लभ हुने हुँदा त्यस्तो अवस्था जनाउनलाई मात्र ब्लू मून भनिएको हो ।

super moon61693488653.JPGभियना, अस्ट्रियाको जोहान स्ट्रस स्मारकमा देखिएको पूर्णिमा  । तस्बिर : सिन्ह्वा/हे क्यानलिंग

 

super moon51693488653.JPGग्रीस नजिकैको केप साउनियनको पोसेडनको मन्दिरमा उदाएको चन्द्रमा । तस्बिर : सिन्ह्वा/मारियोस लोलोस 

super moon31693488653.JPG

super moon41693488653.JPG

super moon11693488653.jpg

super moon_Xx1693488653.JPG

super moon81693488654.jpg

super moon71693488654.jpg

super moon101693488654.JPGब्रसेल्समा खिचिएको पूर्णिमा । तस्बिर :  सिन्ह्वा/झाओ डिङ्झे 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्