राजनीति

लाखौं जनता सडकमा उतार्छौं, सरकारले गर्देला र खाउँला भन्नु भुल हो : प्रधानमन्त्री प्रचण्ड 

बिहीबार, भदौ १४, २०८०

सुर्खेत – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौं जनतालाई सडकमा उतार्ने घोषणा गरेका छन् । उनले राष्ट्रिय, जनजीविका र सामाजिक न्यायका पक्षमा लाखौं जनतालाई सडकमा उतार्ने दाबी गरेका हुन् । 

‘बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो,’ सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने । 

प्रधानमन्त्री प्रचण्डले आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको बताए । ‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ । राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन्’ उनले भने, ‘म सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन ।’

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्