राजविराजमा नवजात शिशु मृत फेला

बुधबार, भदौ १३, २०८०

राजविराज–  सप्तरीको राजविराजमा आज सालनालसहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मृत फेला परेका शिशुको घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार