तस्बिरहरु

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न [तस्बिरहरु]

मंगलबार, भदौ १२, २०८०

काठमाडौँ– चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ । 

आज यहाँ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०८० बाट अभिनेता शिव श्रेष्ठलाई प्रदान गरे । उनीहरू दुवैलाई जनही रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो । 

natinal film arawd nepal 2023_rssphoto11693322135.jpg

यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दीया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश)

( लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाँकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत भए । 

यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निर्णायक पुरस्कार’ प्रदान गरिएको थियो । उनीहरूलाई जनही रु २५ हजारसहित पुरस्कृत गरिएको हो । 

पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानित तथा पुरस्कृत चलचित्रकर्मीलाई बधाई दिइन् । “चलचित्रले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । किनकि यो प्रत्यक्षरूपमा जोडिने बलियो माध्यम हो । त्यसैकारण यसको विकास तथा विस्तारका लागि सरकार सहयोग गर्न प्रतिबद्ध छ”, मन्त्री शर्माले भनिन्, “चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको छ । त्यसमा चलचित्रकर्मीको सुझाव लिने काम छिट्टै सुरू गर्नेछौँ । विधेयक पारित भएपछि चलचित्र क्षेत्रले आशा गरेका धेरै काम सम्पन्न हुनेछन् ।” 

natinal film arawd nepal 2023_rssphoto11693322135.jpg

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुई वर्षको अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने “पुरस्कारमा सबैलाई समेट्न सकिँदैन तर सबैको प्रतिनिधित्व भने हुन्छ । म अध्यक्ष भएदेखि मैले चलचित्रकर्मीको रूपमा देखेको समस्यालाई समाधान गरिरहेको छु । चलचित्र क्षेत्रको हितलाई विशेष महत्त्व दिई बोर्डले काम गरिरहेको छ ।” 

समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमायाँ’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ लाई जनही रु दुई लाखसहितको पुरस्कार प्रदान गरे । 

natinal film arawd nepal 2023_rssphoto41693322135.jpg

सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजङ्ग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो । –रासस

 

प्रतिक्रिया दिनुहोस्