चन्द्रयान–३ अवतरण : सभापति देउवाद्वारा भारतलाई बधाई

बुधबार, भदौ ६, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । 

भारतले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वप्रधानमन्त्री सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । 

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । उनले भनेका छन्, “चन्द्रयान–३ को सफल अवतरणका लागि प्रधानमन्त्री मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ ।” 

chandrayan3 landing1692800961.jpg

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार