सुन तस्करी प्रकरण

दावासँग कनेक्सन देखिएको टेलिफोन रेकर्ड फरेन्सिक ल्याबमा जाँच गराउनुपर्ने : सभापति लामिछाने

बुधबार, भदौ ६, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामासँग कनेक्सन देखिएकाहरुको टेलिफोनमा भएको रेकर्ड फरेन्सिक ल्याबबाट जाँच गराउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै लामिछानेले दावा लामाको कनेक्सन पूर्वप्रहरीका उच्चअधिकारीसँग रहेको दावी गर्दै टेलिफोनमा भएको रेकर्ड फरेन्सिक ल्याबबाट जाँच गराएर संसदीय समितिले अथवा संसदले जस्ताको तस्तै हेर्न पाउनुपर्ने बताएका हुन् । 

एक सरकारी अधिकारीले सुन आएको कुराको जानकारी लामा भनिएका व्यक्तिलाई फोटोसमेत पठाएको जानकारी प्रहरी नेतृत्वले आफुलाई गराएको भन्दै उनले यसको जानकारी सम्बन्धित निकायलाई गराउने धारणा राखे । लामिछानले अहिले छानविन आयोग गठनमा सहमति जुटेपनि बिगतमा जस्तो देखाउनका लागि छानविन हुन नहुने जिकिर गरे । उनले अहिलेको अनुसन्धान नवयुवराजहरुतिर आयो भने फेरि सरकारले भनेको सुशासन बालुवाटार जग्गा, शरणार्थी प्रकरण जस्तो अड्कीने होकी भन्ने आशंका व्यक्त गरे ।

त्यस्तै, उनले अहिले पनि सरकारले सुशासनको कुरा गरिरहेको अवस्थामा शंकाको सुविधा दिएर सरकारले भनेको छानबिन सही ढंगले अगाडि बढ्ने विश्वास रहेको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्