कोशी प्रदेशसभा बैठक

एमाले र राप्रपाको विरोधपछि कोशी प्रदेशसभा स्थगित

बुधबार, भदौ ६, २०८०

विराटनगर - कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ ।

सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरू सभाध्यक्षविरुद्ध नाराबाजी गर्न थाले ।

त्यसक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए ।

उनले सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए । यसपछि प्रदेशसभा सदस्यहरु बैठक कक्ष छाडेर बाहिरिएका थिए । 

त्यसपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्