स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ उपाधि 

बुधबार, भदौ ६, २०८०

काठमाडौं - आज बिहान बसेको मन्त्रिपरिषद बैठकले  स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे) का ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु निकै चर्चित छन् ।

टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । 
टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको राजनीतिक आबद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो ।

दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार समेत थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्