प्रचण्डविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

आइतबार, भदौ ३, २०८०

काठमाडौँ - तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आइतबार हेर्न नभ्याइने सूचीमा राखिएको छ ।

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला र सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक वक्तव्य दिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको उक्त मुद्दा हेर्न आइतबार नभ्याइनेमा राखिएको हो ।

सर्वोच्च अदालतमा २०७३ जेठ १२ गते दायर भएको उक्त मुद्दा हालसम्म सुनुवाइ भएको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्