युक्रेनमा रुसको मिसाइल आक्रमण : ७ जनाको मृत्यु, १९० घाइते

शनिबार, भदौ २, २०८०

काठमाडौँ— युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा रुसले मिसाइल आक्रमण गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । अन्य १ सय ९० जना घाइते भएका छन् । 

युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले सीमा क्षेत्र नजिकैको विश्वविद्यालय र नाटकघरसहितका भवनहरूमा आक्रमण गर्दा मृत्यु हुनेमा ६ वर्षीया बालिकासहित केही बालबालिकाहरू पनि रहेको जनाएकोछ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । आक्रमणमा परी घाइते भएकी ६ वर्षे बालिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यता, मस्कोमा युक्रेनले गरेको ड्रोन आक्रमण असफल भएको रुसले दाबी गरेको छ । झण्डै दुई वर्ष पुग्न लागेको रुस र युक्रेनको युद्ध विभिन्न विदेशी पक्षको पहलका बावजुद अझै टुंगिएको छैन । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, शाही परिवार र अन्य अधिकारीहरूसँग भेटघाट गर्न स्विडेन पुगेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्