Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोसी प्रदेशमा विश्वासको मत दिने राप्रपा सांसदलाई १० करोड ‘क्यास’ र मन्त्रीको अफर!

शनिबार, भदौ २, २०८०

काठमाडौंकोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारलाई विश्वासको मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदलाई मन्त्री पदसहित १० करोड रुपैंया क्यास दिने प्रस्ताव आएको आशंका गरिएको छ।

यस्तो आशंका हल्लाका रुपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कानसम्म पुगेको छ। लिङ्देनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।

लिङ्देन लेख्छन्,‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त।

कोसी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ। कोशीमा मुख्यमन्त्री थापालाई विश्वासको मतको संकट रहेको छ।

सभामुख रहेका बाबुराम गौतमलाई राजीनामा गराएर सत्ता गठबन्धनबाट कांग्रेसका थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। बहुमत नरहेका कारण उनको मुख्यमन्त्री पद गुम्ने सम्भावना बलियो छ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्