स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान

मंगलबार, साउन ३०, २०८०

काठमाडौँ– भारतमा आयोजना हुने क्षयरोग सम्बन्धी सम्मेलन सहभागी हुन स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत त्यतर्फ प्रस्थान गरेका छन् ।

भारतको गुजरातमा आयोजना हुने क्षयरोग सम्बन्धी डव्लुएचओको सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सन् २०३० क्षयरोग महामारी अन्त्य गर्ने अन्तराष्ट्रिय राजनीतिक प्रतिवद्धतामा नेपालले पनि सहमति जनाएकाले सम्मेलन महत्वपूर्ण हुने मन्त्री बस्नेतले जानकारी दिए । सम्मेलन सम्मेलन अगस्त १६ र १७ तारिकमा हुने उनले बताए ।

त्यस्तै, भारत भ्रमणका क्रममा आयुर्वेध चिकित्सा पद्धति सम्बन्धी ग्लोबल सम्मेलन र वान अर्थ वान हेल्थ  सम्मेलनमा समेत सहभागीता जनाउने मन्त्री बस्नेतले बताए । सो क्रममा डब्लूएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिन लागेका डा. शम्भु आचार्यको पक्षमा मत माग्ने उनले बताए ।

मन्त्री बस्नेत भाद्र तीन गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्