सरकारकाे निर्णय

सरकारद्वारा साइबर सुरक्षा नीति स्वीकृत 

मंगलबार, साउन २३, २०८०

काठमाडौँ–  सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि छलफलमा रहेको राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको हो ।

त्यस्तै बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको उनले बताइन् ।

बैठकले अर्थमन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्