माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

माओवादी नेताको असन्तुष्टि : अध्यक्ष प्रचण्डले आफुखुशी पार्टी चलाए

बुधबार, साउन १७, २०८०

काठमाडौँ– सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन १८ जनाले आफ्नो धारणा राखेका छन् । 

राजधानीको प्रज्ञाभवनमा आजबाट सुरु भएको बैठकमा बोल्ने अधिकांस सदस्यहरुले पार्टीलाई जिवन्तता दिन संगठन सुदृढीकरणका विषयमा धारणा राखेको नेता माधव सापकोटाले जानकारी दिए ।

केहि सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएका छन् । आठौँ महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुखुशी पदाधिकारी चयन गरेकोमा सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

उनीहरुले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले नेतृत्वले चुनावको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका छन् । सदस्यहरुले निर्धक्क र निर्भयका साथ आफ्ना धारणा राख्न सहज हुने भएकाले पनि बैठक लाईभ नगरिएको माओवादीको भनाई छ ।

यसअघि अध्यक्ष दाहालले पेश गर्नु भएको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान संचालन गर्ने, आगामी मंसिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ । माओवादीको बैठक आगामी ५ दिनसम्म चल्ने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्